सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१. नेपाली सेनाद्वारा राष्ट्रिय सूचना आयोगसँगको समन्वयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ को व्यवस्था र सो को कार्यान्वयनको अवस्थालगायत नेपाली सेनाबाट उक्त ऐन कार्यान्वयनमा हालसम्म भएका कार्यहरु तथा प्राप्त उपलब्धी सम्बन्धी छलफल गर्ने उद्देश्यतले राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त श्री कृष्णहरी बास्कोटाको प्रमुख आतिथ्यतामा नवनिर्मित जंगी अड्डा भवनमा मिति २०७६/०२/२७ गते एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ ।

२. उक्त अन्तरक्रिया कार्यक्रममा सूचनाको हक सम्बन्धी सैद्धान्तिक पक्षमा प्रकाश पार्दै आफ्नो मन्तव्यमा प्रमुख सूचना आयुक्त श्री बास्कोटाले संविधानको धारा २७ अनुसार प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक भएकाले नेपाली सेनासँग माग हुने सूचना निर्वाधरुपमा प्रवाह गर्न नेपाली सेना प्रतिबद्ध रहनुपर्नेमा जोड दिनु भएको थियो ।

३. कार्यक्रममा सूचना आयोगका आयुक्त श्री यशोदादेवी तिम्सिनाले सूचनाको हक सम्बन्धी कानूनी पक्षहरुको बारेमा प्रकाश पार्नु भएको थियो । साथै उक्त कार्यक्रममा रक्षा सचिव श्री रेश्मीराज पाण्डेले समेत आफ्नो मन्तव्य राख्नु भएको थियो ।

४. सोहि क्रममा समापन मन्तव्य राख्नुय हुँदै प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले सूचनाको हक आमनागरिकको मौलिक हक भएको तथ्यलाई मनन् गर्दै सूचनाको संवेदनशिलतालाई समेत मध्यनजर गरी सूचना पहुँचको सहज कार्यान्वयन मार्फत सूचना प्रवाहलाई सुनिश्चित तुल्याउन नेपाली सेना सदा प्रतिबद्ध रहेको व्यक्त गर्नुका साथै राष्ट्रिय सूचना आयोगबाट प्राप्त सुझावहरुलाई आत्मसात गरी आगामी दिनहरुमा सूचनाका हकको थप प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेना सदा कटिबद्ध एवं प्रयत्नुशिल रहिरहने बताउनु भएको थियो ।

५. उक्त कार्यक्रममा नेपाली सेनाका जंगी अड्डामा कार्यरत रथीबृन्दको सहभागीता रहेको थियो ।