प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीन जानुहुँदै

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मिति २०७६ असार ०१ गते औपचारिक भ्रमणको लागि मित्रराष्ट्र चीन प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

२. प्रधानसेनापतिको नियुक्ति पश्चाोत् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमणदलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी श्री अनन्त कार्कीसहित ८ (आठ) जना रहनु हुनेछ ।

३. उक्त भ्रमणदल मिति २०७६ असार ०१ गते Air China को फ्लाईटद्वारा काठमाण्डौबाट चीनको Chengdu, Dujiangyan City हुँदै Beijing तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भ्रमणको दौरान प्रधानसेनापति महारथी श्री थापाले चीनका विभिन्नक सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वावस नेपाली सेनाले लिएको छ ।

५. प्रधानसेनापति महारथी श्री थापासहितको उच्चस्तरीय भ्रमणदल भ्रमण सम्पन्नि गरी मिति २०७६ असार ०७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।