नेपाली सेनाद्वारा पहिरो पीडितहरुको उद्दार

१. रसुवा जिल्ला, स्याफ्रुबेशीको बाम्बु ईलाकामा आज मिति २०६८ श्रावण ४ गते अपरान्ह करिब २ बजे अचानक गएको पहिरोबाट पुरिएका दुई विदेशी पैदल यात्रीहरुलाई स्याफ्रुबेशीस्थित नेपाली सेनाको सुरक्षा बेशबाट परिचालित फौजले उद्दार गरेको छ । २. पहिरो गएको समयमा सो इलाकामा एक जना नेपाली र चार जना विदेशी पर्यटकहरु पैदल यात्रा गरिरहेका थिए । ती पैदल यात्रीहरुमध्ये दुई जना नेदरल्याण्डस्का नागरिकहरु उक्त पहिरोमा परेका थिए । उद्दार टोलीले Chris Van Ravesbery लाई मृत अवस्थामा र A Van लाई घाइते अवस्थामा उद्दार गरी स्याफ्रुबेशी ल्याएइको छ । ३. यसै गरी, आजै अपरान्ह ललितपुर जिल्ला, गोदावरी गा.वि.स., वडा नं.२ स्थित प्रेम बहादुर मगरको घर पहिरोको कारण पुरिएपछि लगनखेलस्थित व्यारेकबाट परिचालित फौजले घटनास्थलबाट प्रेम बहादुर मगरकी १७ वर्षिया छोरी सृजना मगरको मृत अवस्थामा उद्दार गरेको छ ।