प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणको सम्बन्धमा

१. मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मिति २०७६ असार ०१ गतेदेखि सप्ताहव्यापी औपचारिक भ्रमणको क्रममा मित्रराष्ट्र चीनको Chengdu, Dujiangyan City मा रहनु भएका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले हिजो मिति २०७६ असार ०२ गते Western Theatre Commander Gen Zhao Zongqi सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । हिजो नै उहाँले Dujiangyan City स्थित विभिन्नर पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नुभएको थियो ।

२. भ्रमणकै सिलसिलामा आज मिति २०७६ असार ०३ गते प्रधानसेनापति श्री थापा Chengdu बाट Beijing पुग्नु हुने र Beijing स्थित नेपाली राजदूतावासले आयोजना गर्ने औपचारिक कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । ‌औपचारिक भ्रमण समाप्त गरी उहाँ मिति २०७६ असार ०७ गते काठमाण्डौ फर्कनु हुने कार्यक्रम रहेको छ ।