प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणको सम्बन्धमा

१. मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मिति २०७६ असार ०१ गतेदेखि सप्ताहव्यापी औपचारिक भ्रमणको क्रममा चीनको Beijing मा रहनु भएका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७६ असार ०४ गते General Li Zuocheng, Member of Central Military Commission (CMC), Chief of Joint Staff Department, CMC सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । यस अघि Beijing स्थित People's Liberation Army हेडक्वार्टरमा उहाँको सम्मानमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

२. सोहि अवसरमा प्रधानसेनापति श्री थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन (Humanitarian Assistance/Disaster Response-HA/DR) सहयोग अन्तरगत प्रदान भएको १५० मिलियन RMB बराबरको सामग्रीहरु-Heavy Mechanical Bridge, Explosive Ordnance Disposal (EOD) Equipment हरु, Rescue Kit तथा विभिन्नस प्रकारका सवारी साधनहरु प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

३. भ्रमणकै सिलसिलामा आजै प्रधानसेनापति श्री थापाले Beijing स्थित चीनियाँ जनमुक्ति सेनाको विभिन्नv सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै Great Wall लगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण समेत गर्नुभएको छ । ‌औपचारिक भ्रमण समाप्त गरी उहाँ मिति २०७६ असार ०७ गते काठमाण्डौ फर्कनु हुने कार्यक्रम रहेको छ ।