प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणको सम्बन्धमा

१. मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मिति २०७६ आषाढ ०१ गतेदेखि सप्ताहव्यापी औपचारिक भ्रमणको क्रममा चीनको Beijing मा रहनु भएका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले हिजो मिति २०७६ आषाढ ०४ गते चिनियाँ समकक्षी General Li Zuocheng सँगको भेट पश्चा्त आज मिति २०७६ आषाढ ०५ गते State Councilor and Minister of National Defense General Wei Fenghe सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उक्त भेटवार्तामा दुई असल छिमेकी राष्ट्रका सैनिक बीच विद्यमान सम्बन्ध तथा सहकार्यका बारेमा छलफल भएको थियो ।

२. भ्रमणकै क्रममा वहाँ आज Beijing बाट Shaanxi Province को Xi'an City आइपुग्नु भएको छ । Xian मा वहाँलाई Shanxi Provincial Military Command का Director General ले स्वागत गर्नुभएको थियो ।

३. साथै भोली मिति २०७६ आषाढ ०६ गते प्रधानसेनापति श्री थापाले Shanxi स्थित चीनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नु हुने योजना रहेको छ । ‌औपचारिक भ्रमण समाप्त गरी वहाँ मिति २०७६ आषाढ ०७ गते काठमाण्डौ फर्कनु हुने कार्यक्रम रहेको छ ।