प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्नो गरी स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको सप्ताहव्यापी औपचारिक भ्रमण सम्पन्नध गरी आज मिति २०७६ आषाढ ०७ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. प्रधानसेनापति श्री थापालाई बलाधिकृत रथी श्री शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो । उहाँलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

३. भ्रमणको दौरान उहाँले चिनियाँ General Wei Fenghe, State Councilor and Minister of National Defense र General Li Zuocheng, Member of Central Military Commission, Chief of Joint Staff Department, CMC लगायत चिनियाँ जनमुक्ति सेनाका उच्च पदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुको साथै विभिन्नe सैनिक संरचना तथा ऐतिहासिक स्थानहरुको निरीक्षण भ्रमण गर्नुभएको थियो ।सोहि क्रममा वहाँले मानवीय सहायता तथा विपद् व्यवस्थापन (Humanitarian Assistance/Disaster Response-HA/DR) सहयोग अन्तरगत प्रदान भएको १५० मिलियन RMB बराबरको सामग्रीहरु-Heavy Mechanical Bridge, Explosive Ordnance Disposal (EOD) Equipment हरु, Rescue Kit तथा विभिन्नp प्रकारका सवारी साधनहरु प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा समेत हस्ताक्षर गर्नु भएको थियो ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र चीनको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी समझदारी, हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वाास नेपाली सेनाले लिएको छ ।

५. चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी श्री थापा सप्ताहव्यापी भ्रमणको लागि मिति २०७६ आषाढ ०१ गते मित्रराष्ट्र चीन प्रस्थान गर्नुभएको थियो ।