प्रधानसेनापतिद्वारा फलफूलको विरुवा रोपण अभियानको शुभारम्भ

१. नेपाल सरकारको "एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान" लाई मुर्त रुप प्रदान गर्नको लागि नेपाली सेनाले पनि "एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान" को कार्यक्रम लागु गरेको छ । सोहि अभियान बमोजिम आज मिति २०७६ असार १३ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्रल थापाले जंगी अड्डा हाताभित्र विभिन्न् जातका फलफूलका विरुवाहरु रोप्नु भई विरुवा रोपण अभियानको शुभारम्भ गर्नुभएको छ ।

२. स्थानीय प्रतिनिधी तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागीता जुटाई नेपाली सेनाका सबै पृतना, वाहिनी, गण र गुल्महरुबाट आ-आफ्नो जिम्मेवारी क्षेत्रका विभिन्ना स्थानहरुमा द्रुतगतिमा व्यवस्थित तरिकाले व्यारेक हाताभित्र र बाहिर गरी १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्नह जातका स्थानीय हावापानी सुहाउँदो फलफूल तथा अन्य विरुवा रोपण, संरक्षण र सम्बर्द्धन गर्ने योजना अनुरुप प्रधानसेनापति श्री थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २५० वटा विभिन्ना जातका फलफूलको विरुवा रोपण कार्यक्रम सम्पन्नम भएको छ ।

३. उक्त कार्यक्रममा जंगी अड्डामा कार्यरत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।