प्रधानसेनापति फलफूलको विरुवा रोपण कार्यक्रममा सरिक

१. नेपाल सरकारको "एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान" लाई मुर्त रुप प्रदान गर्नको लागि नेपाली सेनाले पनि "एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान" लागु गर्दै आइरहेको र पहिलो पटक सञ्चािलित यस बृहत राष्ट्रिय अभियानलाई गति दिन प्रधानसेनापति महारथी श्री पूर्णचन्द्रा थापाले रक्षा सचिव श्री रेश्मीराज पाण्डे, नेपाली सेनाका रथीबृन्दहरु, प्रधानमन्त्री कार्यालयका सह सचिव श्री विनोद कुँवर, सञ्चा्रकर्मीहरु र स्थानीय व्यक्तिहरुको उपस्थितिमा आज मिति २०७६ असार १४ गते चार स्थानमा विभिन्नच जातका फलफूलका विरुवाहरु रोपण गर्नुभएको छ ।

२. वृक्षारोपण कार्यक्रमको दौरानमा सञ्चाएरकर्मीहरुको जिज्ञासालाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति श्री थापाले नेपाली सेना वातावरण संरक्षणमा प्रतिवद्ध रहेकोले सम्पूर्ण सरोकारवाला तथा स्थानीयहरुको सहकार्य र सहयोगमा वृक्षारोपण तथा संरक्षण कार्यलाई सामूहिक अभियानको रुपमा अगाडी बढाउँदै आईरहेको बताउनु भएको छ । सोहि क्रममा उहाँले यो वृक्षारोपण अभियान नेपाली सेनाको मात्र नभई राष्रिज्य अभियान भएको समेत उल्लेख गर्नुभएको छ ।

३. स्थानीय प्रतिनिधी तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागीता जुटाई नेपाली सेनाका सबै पृतना, वाहिनी, गण र गुल्महरुबाट आ-आफ्नो जिम्मेवारी क्षेत्रका विभिन्नट स्थानहरुमा द्रुतगतिमा व्यवस्थित तरिकाले व्यारेक हाताभित्र र बाहिर गरी १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्नह जातका स्थानीय हावापानी सुहाउँदो फलफूल तथा अन्य विरुवा रोपण, संरक्षण र सम्बर्द्धन गर्ने योजना अनुरुप प्रधानसेनापति श्री थापाको उपस्थितिमा काभ्रेपलान्चोक जिल्लाको भकुण्डेवेशीस्थित श्री नं.२६ वाहिनी अड्डा हाताभित्र १००० वटा, महोत्तरी जिल्लाको बर्दिवासस्थित श्री बर्दिवास सैनिक शिविर हाताभित्र ४५१३ वटा, चितवन जिल्लाको शक्तिखोरस्थित श्री सिंहनाथ गणको हाताभित्र १५२४ वटा र काठमाण्डौ एयरपोर्टस्थित श्री त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लवको हाताभित्र ‍५०० वटा गरी जम्मा ७५३७ वटा विभिन्न५ जातका फलफूलको विरुवा रोपण कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी हुनु भई उहाँ आजै काठमाण्डौ फिर्ता हुनुभएको छ ।

४. "एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान" लाई निरन्तरता दिने क्रममा आजै नेपाल अधिराज्यभर तैनाथ रहेका नेपाली सेनाका विभिन्नण युनिट अन्तर्गतका जिम्मेवारी ईलाकामा जम्मा गरी ३८ हजार बोटविरुवाहरु रोपण गरिएको छ । नेपाली सेनाको समन्वय तथा सहभागीतामा एकै दिनमा ठुलो संख्यामा वृक्षारोपण भएको यो नै पहिलो पटक हो ।