प्रधानसेनापतिद्वारा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ असार १२ गतेको निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्‍नति हुनु भएका श्री स्थपति निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी श्री कमाल सिंह प्रधानलाई आज मिति २०७६ असार १६ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. प्राविधिक उपरथी दर्जामा पदोन्न ति हुनु भएका प्राविधिक उपरथी श्री प्रधानलाई श्री ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ ।