प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग सिंगापुरमा आयोजना हुने सातौँ Pacific Armies Chiefs Conference (PACC-VII)सम्मेलनमा सहभागी हुनुहुने

१. संयुक्त राज्य अमेरिकी सेनाका सेनाध्यक्ष, General Martin E. Dempsey र Singapore Armed Forces का Chief of Army, Major General Ravinder Singh को संयुक्त निमन्त्रणामा मिति २०६८ श्रावण १२ गतेदेखि ऐ.१५ गते (तदनुसार २८ देखि ३१ जुलाई २०११) सम्म सिंगापुरमा आयोजना हुने सातौँ Pacific Armies Chiefs Conference (PACC-VII) मा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग सहभागी हुनु हुनेछ । २. “बहुपक्षीय सुरक्षा सहयोगमार्फत थल सेनाको क्षमता अभिबृद्धि गर्ने” प्रमुख लक्ष्यका साथ आयोजना हुन लागेको यस सम्मेलनको दौरान सहभागिहरुबीच दुईपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु सञ्चालन गरी एसिया–प्रशान्त क्षेत्रको सुरक्षालगायत विविध समसामयिक विषयहरुमाथि छलफल गर्ने कार्यक्रमहरु रहेका छन् । सोही समयमा सिंगापुरमै सञ्चालन हुने पैंतीसौँ Pacific Armies Management Seminar (PAMS - XXXV) का सहभागीहरुसँग संयुक्त रुपमा आयोजना हुने विविध कार्यक्रमहरुमा समेत प्रधानसेनापति महारथी श्री गुरुङ्ग सरिक हुनु हुनेछ । ३. हरेक दुई वर्षमा आयोजना हुने यस सम्मेलनको क्रममा वहाँले मित्रराष्ट्र संयुक्त राज्य अमेरिका, चीन, भारत, पाकिस्तान, बंगलादेश, क्यानाडा, दक्षिण कोरिया, थाइल्याण्ड, मालदिभ्स्, श्रीलंका, मलेसिया र सिंगापुरका सेना प्रमुख तथा प्रतिनिधिहरुसंग भेटघाट गर्नुभई दुइपक्षीय हितका विषयहरुबारे छलफल गर्नुहुने कार्यक्रम रहेको छ । ४. प्रधानसेनापति महारथी श्री गुरुङ्गको साथमा वहाँकी धर्मपत्नी श्रीमती कमला गुरुङ्ग तथा स्टाफ अधिकृत सम्मिलित हुनुहुन्छ । वहाँहरु मिति २०६८ श्रावण ११ गते त्यसतर्पm प्रस्थान गर्नु भई ऐजन १८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । ५. वहाँको अनुपस्थितिमा बलाध्यक्ष रथी श्री गौरवशम्शेर ज.ब.रा.ले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।