प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन मित्रराष्ट्र संयुक्त राज्य अमेरिका जानुहुँदै

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा British Armed Forces ले मिति २०७६।०३।२५ गते (तद्नुुसार १० जुलाई २०१९) आयोजना गर्ने First Women, Peace and Security (WPS) CHODS Network Meeting र संयुक्त राष्ट्रसंघको सचिवालयले मिति २०७६।०३।२६ गते (तद्नुसार ११ जुलाई २०१९) आयोजना गर्ने तेस्रो Chiefs of Defence Conference मा सहभागी हुन मिति २०७६ असार २३ गते ४ सदस्यीय भ्रमण दलका साथ मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

२. भ्रमणको दौरान प्रधानसेनापति महारथी श्री थापाले Department of Defense (DoD) मा US Armed Forces का Vice Chairman Joint Chiefs of Staff तथा DoD अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ‍औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति महारथी श्री थापा मिति २०७६ श्रावण ०१ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

३. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेना बीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वानस नेपाली सेनाले लिएको छ ।