सम्माननीय प्रधानमन्त्रीलाई नेपाली सेनाको व्यवस्थापकिय जिम्मेवारीमा निर्माणाधिन काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग (Express Way) को हालसम्मको प्रगति बारे जानकारी

१. सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले आज मिति २०७६ असार २२ गते जंगी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ । उहाँलाई प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले जंगी अड्डामा स्वागत गर्नुभएको थियो ।

२. भ्रमणको क्रममा प्रधानमन्त्री श्री ओलीलाई नेपाली सेनाको व्यवस्थापकिय जिम्मेवारीमा निर्माणाधिन काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग (Express Way) आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगति बारे प्रस्तुतिकरण मार्फत जानकारी गराउनु भएको थियो ।

३. उक्त कार्यक्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वार पोखरेल, माननीय अर्थमन्त्री श्री डा. युवराज खतिवडा, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रघुवीर महासेठ, मुख्य सचिव श्री लोकदर्शन रेग्मी, रक्षा सचिव श्री रेश्मीराज पाण्डे तथा नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।