प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुनु भएको सम्बन्धमा

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा British Armed Forces ले हिजो मिति २०७६।०३।२५ गते (तद्‍नुसार १० जुलाई २०१९) आयोजना गरेको First Women, Peace and Security (WPS) CHODS Network Meeting मा सहभागी हुनुभएको छ ।

२. सोहि क्रममा उहाँले Deputy Secretary-General of the United Nations, HE Amina Jane Mohammed, Chief Director of Military Support, Korean Armed Forces, Lt Gen Boo, Sukjong, Under-Secretary-General (USG) for Department of Political and Peacebuilding Affairs (DPPA), HE Ms Rosemary A Dicarlo, Under-Secretary-General for Peace Operations, HE Mr Jean Pierre Lacroix र United Nations Military Adviser for Peacekeeping Operations (MILAD), Lt Gen Carlos H Loitey सँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको छ । भेटवार्ताका क्रममा उहाँहरुबीच संयुक्त राष्ट्रसंघको अगुवाईमा नेपाली सेनाले विश्वट शान्ति स्थापना कार्यमा पुर्या एको योगदानलगायत द्धिपक्षीय हित एवं चासोको विषयमा छलफल भएको थियो ।

३. साथै, प्रधानसेनापति महारथी श्री थापा आज मिति २०७६।०३।२६ गते (तद्नुयसार ११ जुलाई २०१९) संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गर्ने तेस्रो Chiefs of Defence Conference मा सहभागी हुनुहुने कार्यक्रम समेत रहेको छ । ‍औपचारिक कार्यक्रम सम्पन्नव गरी उहाँ मिति २०७६ श्रावण ०१ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।