प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग सातौं Pacific Armies Chiefs Conference (PACC-VII) सम्मेलनमा सहभागी हुन सिंगापुरतर्फ प्रस्थान

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग Singapore Armed Forces र संयुक्त राज्य अमेरिकी सेनाको संयुक्त तत्वावधानमा सिंगापुरमा मिति २०६८ श्रावण १२ गतेदेखि ऐ.१५ गते (तदनुसार २८ देखि ३१ जुलाई २०११) सम्म आयोजना हुने चार दिने सातौं Pacific Armies Chiefs Conference (PACC-VII) मा सहभागी हुन आज मिति २०६८ श्रावण ११ गते अपरान्ह त्यसतर्पm प्रस्थान गर्नुभयो । २. संयुक्त राज्य अमेरिकी सेनाका सेनाध्यक्ष, General Martin E. Dempsey र Singapore Armed Forces का सेनाध्यक्ष, Major General Ravinder Singh को संयुक्त निमन्त्रणामा सिंगापुरमा आयोजना हुने उक्त सम्मेलनमा सहभागी हुन वहाँ त्यसतर्पm प्रस्थान गर्नुभएको हो । एशिया–प्रशान्त क्षेत्रका २४ राष्ट्रका सेनाध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहने उक्त सम्मेलनको दौरान वहाँले मित्रराष्ट्र संयुक्त राज्य अमेरिका, चीन, भारत, पाकिस्तान, बंगलादेश, क्यानाडा, दक्षिण कोरिया, थाइल्याण्ड, मालदिभ्स्, श्रीलंका, मलेसिया र सिंगापुरका सेना प्रमुख तथा प्रतिनिधिहरुसंग भेटघाट गर्नुभई द्धिपक्षीय आपसीहीतका बारेमा छलफल गर्नु हुनेछ । ३. सिंगापुर प्रस्थान गर्नुपूर्व प्रधानसेनापति महारथी श्री गुरुङ्गलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बलाध्यक्ष रथी श्री गौरवशम्सेर ज.ब.रा. तथा नेपालका लागि अमेरिकी राजदुतावासका First Secretary, Timothy P. Trenkle ले हार्दिक विदाई गर्नुभयो । सो अवसरमा, वहाँलाई नेपाली सेनाका रथीबृन्दलगायत नेपालस्थित विदेशी सैनिक सहचारीहरुले समेत विदाई गर्नु भएको थियो । ४. वहाँको अनुपस्थितीमा वलाध्यक्ष रथी श्री राणाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । ५. वहाँकी धर्मपत्नी श्रीमती कमला गुरुङ्ग तथा स्टाफ अधिकृत सम्मिलित भ्रमण दल सम्मेलन समाप्त गरी मिति २०६८ श्रावण १८ गते अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।