बाढी/पहिरो पिडीतहरुको उद्धारमा नेपाली सेना परिचालित भई गरेका थप कार्यहरुको अपडेट सम्बन्धमा

१. देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्ना स्थानहरुमा आएको बाढी/पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि नेपाली सेनाका विभिन्न स्थानहरुमा तैनाथ युनिटहरुबाट २१ जिल्लाको ३२ स्थानमा ८००० फौज परिचालन भई उद्धारको कार्यलाई जारी राखिएको सम्बन्धमा यस निर्देशनालयबाट मिति २०७६ असार २८ गते जारी भएको प्रेस विज्ञप्ति नं.१६८ मा उल्लेख भएको छ ।

२. उद्धार कार्यलाई निरन्तरता दिने क्रममा सिराह जिल्लाको बसविटा वडा नं.६ मा (पूर्व पश्चिम राजमार्गको कमला नदीको पुलबाट उत्तरतर्फ २०० मिटर कमला टापु भन्ने स्थानमा) बन्दै गरेको पक्कीा पुल अनुगमन गर्न गएको ईन्जिनियरसहित ९ जनाको टोली मिति २०७६ असार २७ गतेदेखि कमलामाई खोलामा फसिरहेकोमा श्री मध्य पूर्वी हे.क्वा.का पृतनापति उपरथी श्री नरेश चन्द्र भट्टको कमाण्डमा खट्टिएको ११ जनाको उद्धार टोलीले नेपाली सेनाको एम.आई. १७ हेलिकोप्टरमार्फत आज मिति २०७६ असार २८ गतेको १८२० बजे उहाँहरुको सबै टिमलाई सकुशल उद्धार गरेको छ ।