बाढी/पहिरो पिडीतहरुको उद्धारमा नेपाली सेनाको थप फौज परिचालन सम्बन्धमा

१. विगत केहि दिनदेखि देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्नक स्थानहरुमा आएको बाढी/पहिरो प्रभावित क्षेत्रहरुमा उद्धार कार्यको लागि मिति २०७६ असार २९ गतेको १४०० बजेसम्म ८१०० फौज परिचालन भएको सम्बन्धमा यस निर्देशनालयबाट आजै जारी भएको प्रेस विज्ञप्ति नं.१७० बाट अवगत गराई सकिएको छ ।

२. उक्त स्थानहरुमा हुन सक्ने जनधनको थप क्षतिको सम्भावनालाई न्युनिकरण गरी जनजीवनलाई सामान्य अवस्थामा ल्याउने उद्देश्यका साथ नेपाली सेनाका विभिन्ना स्थानहरुमा तैनाथ युनिटहरुबाट ऐ. मितिको १९०० बजेसम्ममा कुल १५००० फौज परिचालन भई खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्द निर्माण, हवाई साधनबाट राहत सामाग्री ढुवानी, पहिरो पन्छाई राजमार्ग तथा सहायक मार्गहरु सुचारु गर्ने कार्य लगायत अन्य मानवीय सहयोगका कार्यलाई तिव्रताका साथ निरन्तरता दिई रहेको छ ।