बाढी/पहिरो पिडीतहरुको उद्धारमा नेपाली सेना परिचालन भई कार्य गरिरहेको सम्बन्धमा

१. मिति २०७६ आषाढ २६ गते साँझबाट परेको अविरल वर्षाको कारण देशका २६ जिल्लाको विभिन्नन स्थानहरुमा बाढी, पहिरो, डुवान, कटान तथा सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको र जनधनको थप क्षतिको सम्भावनालाई न्युनिकरण गरीजनजीवनलाई सामान्य अवस्थामा ल्याउने उद्देश्यका साथ नेपाली सेनाका विभिन्नभ स्थानहरुमा तैनाथ युनिटहरुबाट समेत गरी करिव १५००० फौज परिचालन भई हालसम्म ७२३ जनाको सकुशल उद्धार गरिएको छ भने १८६ जनालाई सुरक्षित स्थानमा सारिएको साथै बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।

२. अविरल वर्षासंगै गएको पहिरोका कारण फर्पिङ्ग-थाकेल-कुलेखानी सडक, दक्षिणकाली-सिस्नेरी-कुलेखानी, स्याफ्रुवेशी-टिमुरे-रसुवागढी सडक खण्डका विभिन्ने स्थान, बेशीशहर-चामे सडक खण्डको कार्दिखोला पुल र बेनी-जोमसोम सडक खण्डको घोप्टेभीर खण्ड अवरुद्ध भएकोमा उल्लेखित स्थानहरुमा फौज परिचालन गरी यातायात आवागमनमा सहज गर्न सहयोग गरिएको । यसै गरी १४ स्थानमा तटबन्ध निर्माण, ९ स्थानमा पहिरो पन्छाउने कार्य, ४ स्थानमा विद्युत प्रशारण लाईनको सुरक्षार्थ मरामत गर्ने कार्य, 7 स्थानमा खोला, ढल, नाली खोल्ने कार्य भएको साथै सिराहा जिल्लाको सिराहा न.पा. १०, १२ मा राहत वितरण र रौतहटको गौरस्थित जिल्ला विपद्‍ व्यवस्थापन समितिद्वारा आयोजित राहत वितरण कार्यक्रममा सहयोग गरेको र अन्य उद्धारका कार्यहरुलाई निरन्तरता दिइरहेको ।

३. खोज, उद्दार तथा राहतको लागि काठमाण्डौमा २ वटा MI 17, एउटा ALH, एउटा Augusta र एउटा इक्युरेल हेलिकप्टर स्ट्याण्डबाई राखिएको छ भने ईटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा MI 17 हेलिकप्टर स्ट्याण्डबाईमा राखिएको छ । कतिपय प्रभावित ईलाकाहरुमा हवाई साधनद्वारा उद्दारको प्रयास गरिएता पनि खराब मौषमको कारण उडान तथा अवतरण गर्न समस्या देखिएकोमा मौषममा सुधार आउनासाथ सो कार्यलाई तिव्रताका साथ निरन्तरता दिईनेछ ।

४. मकवानपुर जिल्लाको कुलेखानीस्थित ड्यातममा असार ३० गतेको ०८३० बजेसम्म पानीको घनत्व २५.47 मिटर रहेको र पानीको घनत्व ३० मिटर पुगेकोले खतराको संकेत देखिएको जोखिम/क्षति न्युनिकरणको लागि सरोकारवालाहरुसंग आवश्यक समन्वय तथा योजनाको साथ फौज तयारी हालतमा राखिनुको अतिरिक्त वर्षाको कारण कुलेखानी तेस्रो जलविद्युत आयोजनाको Head Pond Control House मा पुगेको क्षतिलाई बढ्न नदिन उक्त स्थानमा परिचालित फौजले स्काभेटरको प्रयोग गरी ढुंगा भर्नुको साथै टाटपोलिन विछ्याई बचाउको उपाय गरेको छ ।