बाढी/पहिरो पिडीतहरुको खोज, उद्धार तथा राहतमा नेपाली सेना परिचालन भई कार्य गरिरहेको सम्बन्धमा

१. मिति २०७६ आषाढ २६ गते साँझबाट परेको अविरल वर्षाको कारण देशका विभिन्नव जिल्लाको विभिन्नक स्थानहरुमा बाढी/पहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा ल्याउनको लागि नेपाली सेनासंग भएका सवै किसिमका विपद्‍ उद्धारका सामग्रीहरु सहित खोज, उद्धार तथा राहत कार्यमा करिव १५००० फौज खट्टिइरहेका छन् ।

२. बाढी/पहिरो प्रभावित क्षेत्रमा नेपाल सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा विरतण गर्न तयार गरिएको राहत सामग्रीहरु नेपाली सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानमा पुर्या उन सहयोग गर्नुको साथै स्थानीय स्तरमा राहत वितरणको कार्यमा समेत आवश्यक सहयोग गरिरहेको छ । त्यस्तै अविरल वर्षासंगै गएको पहिरोका कारण अवरुद्ध भएका विभिन्न राजमार्गहरु सुचारु गरी यातायात सञ्चालन सहज गर्न सहयोग गर्ने र तटिय क्षेत्रमा तटबन्दको निर्माण, नाला सफाई जस्ता कार्यहरुलाई जारी राखिएको ।

३. खोज, उद्धार तथा राहत वितरणकै क्रममा मिति २०७६ असार ३० गते बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं.९ पैमा ईलाकामा बुढीगांगा नदी थुनिने सम्भावना बढ्दै गईरहेको अवस्थालाई मध्यनजर गर्दै श्री सुदूर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी श्री बालकृष्ण कार्कीको कमाण्डमा खट्टिएको टोलीले हेलिकोप्टरमार्फत उक्त नदीको अवस्थाबारे आवश्यक रेकी गर्नुभई नदीको बहावलाई सुचारु गराउन कैलालीस्थित श्री कालीरक्षा गणको ईन्जिनियर से.मु. स्ट्याण्डवाई हालतमा राखिएको । आज मिति २०७६ असार ३१ गते ललितपुरको वाग्मती गा.पा.-६, प्युटारमा राहत वितरणको कार्य गरिरहेको । झापा जिल्लाको शिवसतासी न.पा.-७ माईखोला ईलाकामा २८ गतेदेखि माईखोलाको बाढीले बगाएर हराइरहेका ३ जना छात्राहरुको खोजी कार्य गर्न फौज परिचालन भईरहेको । उदयपुर जिल्लाको रोतामाई गा.पा-6 हलेगाउँस्थित छवियाखोला ईलाकामा बाढीले बाँध भत्काएको कारण उक्त स्थानमा बाँध पुन निर्माण कार्य गरिरहेको । रसुवा जिल्लाको स्याफ्रुवेशी खण्डको गोसाईकुण्ड गा.पा. वडा नं.३ लिगलिग भन्ने स्थानमा पहिरो गएर बाटो अवरुद्ध भएकोमा फौज परिचालन पश्चात पहिरो हटाई बाटो सुचारु गरेको ।

४. खोज, उद्दार तथा राहतको लागि काठमाण्डौमा २ वटा MI 17, एउटा ALH, एउटा Augusta र एउटा इक्युरेल हेलिकप्टर स्ट्याण्डबाई राखिएको छ भने ईटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा MI 17 हेलिकप्टर स्ट्याण्डबाईमा राखिएको छ ।