प्रधानसेनापति र मित्रराष्ट्र बंगलादेशका माननीय मन्त्री बीच शिष्टाचार भेटवार्ता

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७६ भाद्र २० गते मित्रराष्ट्र बंगलादेशका H.E. DR. Md. Enamur Rahman, MP, Honourable State Minister, लगायतको ११ जनाको उच्च अधिकारीहरुको टोलीले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी श्री थापा र मित्रराष्ट्र बंगलादेशका Honourable State Minister बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

३. माननीय मन्त्रीलगायत उच्च पदस्थ पदाधिकारीहरुको यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाई लिने विश्वास नेपाली सेनाले लिएको छ ।