वृक्षारोपण कार्यक्रम सम्पन्‍न

१. संविधान दिवस 2076 को उपलक्ष्यमा आज मिति २०७६/०५/२६ गते काठमाण्डौ महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ त्रिपुरेश्‍वरदेखि सुन्धारास्थित नागस्थान चोकसम्म माननीय वन तथा पर्यावरणमन्त्री श्री शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्‍न भएको छ ।

१. काठमाण्डौ महानगरपालिकाका मेयर श्री विद्या सुन्दर शाक्य र नेपाली सेनाका बलाधिकृत रथी श्री शरद कुमार गिरीको नेतृत्वमा सञ्‍चालन भएको उक्त वृक्षारोपण कार्यक्रममा कपुर, जाग्रयात र बोटल क्रस गरि करिव १५३ वटा विरुवाहरुको वृक्षारोपण गरिएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्रालय वातावरण विभागका महानिर्देशक, काठमाण्डौ महानगरपालिका वडा नं.११ का अध्यक्ष, अन्य विशिष्ट व्यक्तिहरु लगायत नेपाली सेनाका सकलदर्जाको समेत उपस्थिती रहेको थियो ।