वृक्षारोपण कार्यक्रम सम्पन्‍न

१. संविधान दिवस 2076 को उपलक्ष्यमा मिति २०७६/०५/२६ गते काठमाण्डौ महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ सुरु भएको वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिदै आज मिति २०७६/०५/३१ गते त्रिपुरेश्‍वर चोकदेखि सुन्धारा नागस्थान चोकसम्म सडकको पश्‍चिमतर्फ र सुन्धारा चोक, भोटाहिटी चोक, जमल चोक हुँदै दरवारमार्ग महिन्द्र शालिकसम्म सडकको दुवैतर्फ वृक्षारोपण कार्यक्रम सम्पन्‍न भएको छ ।

२. उक्त वृक्षारोपण कार्यक्रममा कपुर, पोयले र कल्की जातका गरि करिव 250 वटा विरुवाहरुको वृक्षारोपण गरिएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा श्री वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका महानिर्देशक श्री आभा श्रेष्ठ, श्री काठमाण्डौ महानगरपालिकाका वातावरण विभागका प्रमुख श्री हरि कुमार श्रेष्ठ, नेपाली सेनाको उपत्यका पृतना हे.क्वा. अन्तरगतका सकलदर्जालगायत अन्य व्यक्तिहरु समेत उपस्थिती रहेको थियो ।