7th CISM World Military Games-2019 मा नेपाली सेना सहभागी हुने सम्बन्धमा

१. नेपाली सेना, International Military Sports Council (CISM) ले आगामी कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म मित्रराष्ट्र चीनको Wuhan मा आयोजना गर्ने 7th CISM World Military Games-2019 मा पहिलोपटक सहभागि हुने भएको छ ।

२. International Olympic Committee सँग आवद्ध रही विभिन्न देशका सेनाहरु सहभागी गराएर विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आइरहेको CISM ले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा यस पटक २५ वटा खेल प्रतियोगिता र २ वटा खेल प्रदर्शन गरी कूल २७ खेलहरु समेटिएका छन् । उक्त प्रतियोगितामा सञ्चालन हुने २५ खेल विधामध्ये नेपाली सेनाका खेलाडीहरु विभिन्न १३ खेलमा सहभागी हुनेछन् । नेपाली सेनाका खेलाडीहरुले सहभागिता जनाउने खेलहरु यसप्रकार छन्:

(क) आर्चरी

(ख) ट्रयाक एण्ड फिल्ड

(ग) ब्याटमिण्टन

(घ) तेक्वान्दो

(ङ) बक्सिङ

(च) विच भलिवल

(छ) घोड चढी

(ज) कुस्ती

(झ) फेन्सिङ

(ञ) मोर्डन पेन्टाथलन

(ट) जुडो

(ठ) सुटिङ्ग

(ड) ट्रयाथलन

३. उक्त प्रतियोगितामा नेपाली सेनाका ४० जना खेलाडीहरु सहभागी हुनेछन् भने अतिथि, डेलिगेसन र कोचसहित कूल ६४ जना सहभागी हुनेछन् । समग्रमा १०५ राष्ट्रका १० हजार ७१९ जना खेलाडी तथा अफिसियलहरु उक्त प्रतियोगितामा सहभागी हुदैंछन् ।

४. नेपाली सेना सन् २०१८ बाट International Military Sports Council (CISM) को सदस्य बनेको हो । ओलम्पिक सरहको यस खेलकुद प्रतियोगितामा नेपाली सेनाको सहभागिताले नेपाली सेनालाई विश्व खेलकुद जगतमा चिनाउनुका साथै सैनिक खेलाडीहरुको खेल कौशल र आत्मविश्वास अभिवृद्धि गर्नेछ भने समग्रमा नेपालकै खेलकुद क्षेत्रको विकासमा समेत टेवा मिल्नेछ । साथै, निकट भविष्यमा नेपालले पर्यटन क्षेत्र विकासको लागि आयोजना गर्न लागेको ''Visit Nepal 2020'' लाई प्रवर्द्धन गर्न समेत सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।