प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ आश्‍विन १७ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका श्री निरिक्षणाधिकृतको कार्यालयका सहायक रथी श्री अशोकराज सिग्देल र श्री पश्चिम पृतना हे.क्वा.का सहायक रथी श्री गोकुल भण्डारीलाई आज मिति २०७६ आश्‍विन १८ गते सैनिक मञ्‍च टुँडिखेलमा आयोजित फूलपाती बढाईं समारोह पश्‍चातको विशेष कार्यक्रममा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै, उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी श्री सिग्देललाई श्री निरिक्षणाधिकृतको कार्यालयको निरिक्षणाधिकृत र उपरथी श्री भण्डारीलाई श्री पश्चिम पृतना हे.क्वा. को पृतनापतिको जिम्मेवारी दिईएको छ ।