STM UN EOD Unit Pilot Course सम्पन्‍न

आज मिति २०७६ कार्तिक ७ गते Office of Military Affairs (OMA), UNHQ तथा नेपाली सेनाको संयोजकत्वमा लाजिम्पाटस्थित Hotel Raddison मा सञ्‍चालन भएको STM UN EOD Unit Pilot Course को नेपाली सेनाका बलाधिकृत रथी श्री शरद कुमार गिरीले अन्तिम प्रवचन गर्नु भइ तालिमको समापन गर्नु भएको छ ।

उक्त तालिमको उद्देश्य संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा खट्टिई जाने EOD युनिटका कमाण्डर तथा प्रशिक्षकहरुलाई तालिम प्रदान गरी EOD (Explosive Ordnance Disposal) क्षमतालाई थप प्रभावकारी बनाउने रहेको छ । १२ वटा देशका १५ जना विदेशी र ५ जना स्वदेशी गरी जम्मा २० जना शिक्षार्थीहरु र ११ जना शिक्षक (स्वदेशी १ र विदेशी १०) सहभागी हुनु भएको उक्त तालिम मिति २०७६/०६/२९ गतेबाट प्रारम्भ भएको थियो ।

समापन कार्यक्रममा सम्बोधन गर्नु हुँदै बलाधिकृत रथीले हालको बदलिँदो परिप्रेक्ष्यमा शान्ति स्थापनार्थ कार्यमा खट्टि जाने स्थानहरुमा स्थानीय विद्रोहीहरुले विष्फोटक पदार्थलाई बढी मात्रामा ध्वंसात्मक कार्यहरुमा प्रयोग गर्ने गरेको पाइएकोले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा थप चुनौतीको अवस्था सृजना भएको बताउनु भएको छ । सम्बोधनकै क्रममा उहाँले संयुक्त राष्ट्र संघले तोकेको मापदण्डभित्र रही शान्ति स्थापना कार्यमा खट्टिने नेपाली सेनाको क्षमता अभिबृद्धि गर्ने कार्यमा नेपाली सेना कटिवद्ध रहेको समेत बताउनु भयो । कार्यक्रममा नेपाली सेनाको शान्ति सेना सञ्‍चालन निर्देशनालयका निर्देशक सहायक रथी हिरालाल जोशीले स्वागत् मनतव्य राख्‍नु भएको थियो । साथै, उक्त तालिमका Course Director Mr Rafael Barbaeri ले विश्‍व शान्ति स्थापना कार्यमा नेपाली सेनाले प्रदर्शन गरेको उच्च तहको पेशागत दक्षता तथा पुर्‍याएको अतुलनीय योगदानको संयुक्त राष्ट्र संघले कदर तथा प्रशंसा गरेको बताउनु भएको थियो।

यसप्रकारको तालिमबाट शान्ति स्थापना कार्यमा नेपाली सेनाको EOD (Explosive Ordnance Disposal) क्षमता अभिबृद्धि हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।