प्रधानसेनापति र भारतीय सेनाका Quarter Master General बीच भेटवार्ता

१. आज मिति २०७६ कार्तिक १८ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका Quarter Master General Lt Gen Gopal R, UYSM, AVSM, SM ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्तामा उहाँहरु बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।