प्रधानसेनापति र मित्रराष्ट्र भारतीय सेनाका Lieutenant General बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७६ मंसिर २ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका Lieutenant General Shantanu Dayal, AVSM, VSM, Director General (Discipline, Ceremonial & Welfare) ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्तामा उहाँहरु बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।