“प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग क्रिकेट ट्रफि” सम्पन्न

  • १. आज मिति २०६७ जेष्ठ ६ गते सल्लाघारी, भक्तपुरस्थित श्री वीरेन्द्र सैनिक आवासिय महाविद्यालयमा आयोजित “प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग क्रिकेट ट्रफि” को फाईनल खेल प्रधान सेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
  • २. आयोजक वीरेन्द्र सैनिक आवासिय महाविद्यालय र ए.भि.एम. विद्यालयवीच भएको फाईनल खेलमा आयोजक टिम आठ रनले विजयी भयो । पहिले व्याटिङ्ग गरेको आयोजक टिमले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा १३० रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा व्याटिङ्ग गर्न उत्रिएको ए.भि.एम. विद्यालय निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १२२ रनमा समेटिएको थियो । उक्त फाईनल खेलमा आयोजक टिमका सौगात बस्नेत Man of the Match घोषित भएका थिए ।
  • ३. फाईनल खेलको समाप्तिपछि प्रमुख अतिथि प्रधान सेनापति महारथी श्री गुरुङ्गले प्रथम हुने विद्यालयलाई शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार रु १५,०००/- प्रदान गर्नुका साथै उक्त प्रतियोगिताका Man of the Series, Best Batsman र Best Bowler तथा फाईनल खेलका Man of the Match लाई समेत पुरस्कृत गर्नुभयो । यसैगरि, बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहले द्धितीय हुने विद्यालयलाई प्रमाणपत्र तथा नगद पुरस्कार रु. ७,५००/- प्रदान गर्नुभयो ।
  • ४. कुल १७ विद्यालय सहभागि रहेको उक्त प्रतियोगिता २०६७ बैशाख १० गतेबाट शुरु भएको थियो । आज सम्पन्न फाईनल खेलमा CAN का अध्यक्ष श्री विनयराज पाण्डे तथा नेपाली सेनाका रथीबृन्दहरुको समेत उपस्थिति रहेको थियो ।