तीन जना सहायक रथी उपरथी दर्जामा पदोन्नति

१. आज मिति २०६८ श्रावण १८ गते जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले सहायक रथी श्री रमेश विष्ट, सहायक रथी श्री भिक्टर ज.व.रा. र सहायक रथी श्री महेश विक्रम कार्कीलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । २. उहाँहरु मिति २०६८ श्रावण ११ गतेबाट उपरथी दर्जामा पदोन्नती हुनुभई उपरथी श्री रमेश विष्ट सुदुर पश्चिम पृतनापति, उपरथी श्री भिक्टर ज.व.रा. पश्चिम पृतनापति र उपरथी श्री महेश विक्रम कार्की पूर्वी पृतनापतिमा नियुक्ति हुनुभएको छ ।