नेपाली सेनाद्वारा सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता (MSTC) - II २०७७ को आयोजना गर्ने सम्बन्धमा

१. नेपाली सेनाद्वारा विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नव प्रतिभाहरुलाई पहिचान गरी प्रोत्साहन गर्न तथा शैक्षिक संघ संस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सैनिक आवश्यकताको विज्ञान तथा प्रविधिमा विकासको वातावरण बनाउने लक्ष्य अनुरुप दोस्रो सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धाको आयोजना गर्न लागिएको छ । यस प्रकारको प्रतियोगिता पहिलो पटक २०७० साल चैत्र महिनामा सञ्‍चालन गरिएको थियो ।

२. मिति २०७७ साल वैशाख १९ र २० गते संचालन गरिने उक्त प्रतियोगितामा Defense Technology, Environment & Conservation Technology, Internal Security Technology, Disaster Support Technology लगायत विविध विषयहरु समावेश गरी सञ्‍चालन गरिने छ । उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति, संघ संस्थाहरुले आफ्नो प्रस्ताव पौष ८ गतेभित्र नेपाली सेनाको Website –www.nepalarmy.mil.np मा भएको अनलाईन फारम भरी Email Address – mstc@nepalarmy.mil.np मा पठाई सक्नु पर्नेछ । यस प्रतियोगितामा सहभागिहरुलाई चारवटा समूह (कक्षा १२ सम्मका विद्यार्थीहरु, Under Graduate स्तरका विद्यार्थीहरु, व्यवसायिक व्यक्ति तथा संस्थाहरु र नेपाली सेना) मा विभाजन गरी प्रतियोगिता आयोजना गरिने छ । प्रतियोगितामा सहभागी व्यवसायिक व्यक्ति तथा संस्थाहरु मध्येबाट प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद पुरस्कार रु. तीन लाख (३०००००), रु. एक लाख पचास हजार (१५००००) र पचहत्तर हजार (७५०००) प्रदान गरिने छ । Under Graduate स्तरका विद्यार्थीहरु मध्येबाट प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद पुरस्कार रु. दुई लाख (२०००००) , रु. एक लाख (१०००००) र पचास हजार (५००००) प्रदान गरिने छ । यसैगरि कक्षा १२ सम्मका विद्यार्थीहरु मध्येबाट प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद पुरस्कार रु. एक लाख पचास हजार (१५००००) , रु. पचहत्तर हजार (७५०००) र पच्चिस हजार (२५०००) प्रदान गरिने छ भने नेपाली सेनाबाट भाग लिने प्रतिस्पर्धीहरु मध्ये प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद पुरस्कार रु. एक लाख (१०००००), रु. पचहत्तर हजार (७५०००) र पचास हजार (५००००) प्रदान गरिने छ ।

३. नेपाली सेनामा प्रविधिको प्रयोग बढ्दो क्रममा रहेको र प्रयोगमा आएका प्रविधिहरु विदेशबाट आयात गरिएको परिपेक्षमा यस प्रकारको प्रतियोगिताले देशको मूख्य चुनौतीको रुपमा रहेको बौद्धिक पलायन (Brain Drain) को समस्यालाई हल गर्नुका साथै सैनिक आवश्यकताको विज्ञान तथा प्रविधि नेपालमा नै अध्ययन/अनुसन्धान गरी सो को विकास एवं बजार विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्‍वास नेपाली सेनाले लिएको छ ।