प्रधानसेनापतिबाट प्राविधिक उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ मंसिर ०३ गतेको निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका श्री विकास निर्माण निर्देशनालयका निर्देशक तथा इन्जिनियरिङ्ग विभागका निमित्त विभागिय प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहलाई आज मिति २०७६ मंसिर ०८ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै, प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक उपरथी सिंहलाई श्री ईन्जिनियरिङ्ग विभागका विभागिय प्रमुखको जिम्मेवारी दिईएको छ ।