प्रधानसेनापति र संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७६ मंसिर १९ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री Mr. Randall G. Schriver ले जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्तामा उहाँहरु बीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्‍व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाट कार्यक्रमले नेपाली सेनाको विश्‍व शान्ति स्थापना कार्यमा थप टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।