प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७६ मंसिर २२ गते अमलेखगञ्‍जस्थित श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालय र सुनाचुरीस्थित श्री सुनाचुरी ईमल्सन प्लाण्टको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त शिक्षालय र प्लाण्टको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । निरीक्षण भ्रमण सम्पन्‍न गरी उहाँ आजै काठमाडौं फिर्ता हुनु भएको छ ।