प्रधानसेनापति र मित्रराष्ट्र भारतीय सेनाका Major General बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७६ मंसिर ३० गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका Major General Gopal Gurung ले जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्तामा उहाँहरु बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

२. रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा मिति २०७६ मंसिर १७ गतेदेखि सञ्‍चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास INDO-NEPAL BATTALION LEVEL JOINT TRAINING EX-"SURYA KIRAN-XIV" को Observer को रुपमा Major General Gurung नेपाल आउनु भई बलाधिकृत रथी शरद कुमार गिरीबाट आज भएको EX-"SURYA KIRAN-XIV" को समापन समारोहमा सरिक हुनु भएको थियो ।

३. उक्त अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो । यस किसिमको अभ्यासले दुई देश बीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण सैन्य सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्‍वास नेपाली सेनाले लिएको छ ।