नेपाली सेनाको उच्च स्तरिय भ्रमणदल चीनको सद्भावना भ्रमणको लागि प्रस्थान

१. मित्रराष्ट्र चीनको चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री दमन बहादुर घलेको नेतृत्वमा सात सदस्यीय भ्रमण दल आज मिति २०६८ श्रावण १९ गते विहान चीनतर्फ प्रस्थान गरेको छ । २. पाँच दिने सद्भावना भ्रणणको क्रममा उक्त दलले ल्हासास्थित Tibet Military Command र चेण्डुस्थित Changdu Military Command को अवलोकन गर्नुका साथै जनमुक्ति सेनाका उच्च पदस्थ सैनिक अधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । ३. सो भ्रमणदललाई नेपालस्थित चीनिया सैनिक सहचारी Senior Colonel Cheng Xizhong र नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा हार्दिक विदाई गर्नु भएको थियो । ४. आफ्नो भ्रमण पूरा गरि उक्त भ्रमणदल मिति २०६८ श्रावण २४ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।