प्रधानसेनापति र मित्रराष्ट्र बेलायतका नवनियुक्त महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७६ पौष ३ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित मित्रराष्ट्र बेलायती राजदुतावासका नवनियुक्त महामहिम राजदुत Ms. Nicola Pollitt ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम राजदुत Pollitt बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।