प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ मंसिर ३० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका श्री सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई आज मिति २०७६ पौष ६ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै, उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी थापालाई श्री राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह-संयोजकको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।