MSTC-II को Registration & Proposal Submission समयसिमा थप गरिएको सम्बन्धमा

१. नेपाली सेनाद्वारा विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नव प्रतिभाहरुलाई पहिचान गरी प्रोत्साहन गर्न तथा शैक्षिक संघ संस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सैनिक आवश्यकताको विज्ञान तथा प्रविधिमा विकासको वातावरण बनाउने लक्ष्य अनुरुप दोस्रो सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धाको आयोजना गर्न लागिएको व्यहोरा यहाँहरुलाई अवगत नै छ ।

२. नेपाली सेनाले आयोजना गर्ने Military Science & Technology Competition-II, 2077 (MSTC-II, 2077) मा ईच्छुक व्यक्ति/संघ संस्थाहरुलाई www.nepalarmy.mil.np/mstc मार्फत २०७६ पौष ८ गतेसम्म Proposal Submit गरी प्रतिष्पर्धामा सहभागि हुन विभिन्न माध्यमहरुबाट प्रचार प्रसार गरिएको । सो सम्बन्धमा विभिन्‍न कलेजहरुमा संचालित जानकारी मूलक प्रस्तुतिकरण तथा विज्ञान प्रविधि क्षेत्रमा आवद्ध व्यक्ति/संस्थाहरुसंग छलफल समेत गरिएको । छलफलको कार्यक्रम संचालन गर्न केहि ढिला भएको कारण अधिकांशले सूचना पाउन नसक्ने भनि गुनासो प्राप्त भएको हुंदा Registration & Proposal Submission गर्ने सयम थप गर्दा सहभागिताको संख्या उल्लेख्य बृद्बि हुन सक्ने राय सुझाव प्राप्त भएको हुँदा पूर्व निर्धारित मितिमा निम्न अनुसार परिमार्जन गरिएको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहान्छौं ।

TIME LINE

सि.नं.

विवरण

र्व निर्धारित मिति

नयां मिति

कै.

1

Registration & Proposal Submission

8 Poush, 2076

15 Poush, 2076

 

2

Participation Confirmation

18 Poush, 2076

20 Poush, 2076

 

3

Mid Term Evaluation

1st week of Falgun, 2076

   

4

Final Submission

1st week of Baisakh, 2077

   

5

Exhibition and Competition

19 & 20 Baisakh, 2077