शान्ति स्थापनार्थ यू.एन. मिशनहरुमा तैनाथ नेपाली सेनाका युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्वन गर्न निर्देशन दिइएको सम्बन्धमा

१. ईरानको Islamic Revolutionary Guard Corps (IRGC) का General Qassim Suleimani विरुद्धको अमेरिकी कारवाहीको प्रतिकार गर्दै ईरानले ईराकमा तैनाथ अमेरिकी सेनाका विभिन्‍न वेशहरुमा मिसाईल आक्रमण गरेको जानकारी प्राप्त हुन आएबाट UNAMI मिशन ईराकको KIRKUK र ERBIL स्थित UN BASE मा तैनाथ NEP GUARD UNIT का शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ भने उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको जानकारी गराउन चाहन्छौं ।

२. UNAMI मिसन ईराकमा तैनाथ नेपाली सेनाको GUARD UNIT लगायत UNIFIL मिशन लेवनान र UNDOF मिशन सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हे.क्वा. र श्री शान्ति सेना सञ्‍चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन समेत दिइएको जानकारी गराउँदछौं ।