"VICTORY Marathon & Unity Run" सम्पन्न भएको सम्बन्धमा

१. "प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन २०७५" को लक्ष्य नं.६.६.२.१ मा उल्लेख भए अनुरुप नेपाल र नेपाली सेनाको ईतिहाससँग जोडिएको बुटवल स्थित जीतगढी किल्लाको प्रवर्द्धन गर्न एवं "नेपाल भ्रमण वर्ष २०२०" लाई समेत लक्षित गरि राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाली सेनाको श्री मध्य पश्‍चिम पृतना हे.क्वा. बुटवलको संयोजकत्वमा आज मिति २०७६ पौष २६ गते जीतगढी "Victory Marathon & Unity Run" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

२. माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा ४२ कि.मि. Full Marathon, २१ कि.मि. Half Marathon, १० कि.मि. दौड र ५ कि.मि. Walkathon गरि जम्मा ४ विधाहरुमा दौड सम्पन्न भएको थियो । नं. ५ प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरु, बुटवल उप-महानगरपालिकाका मेयर, मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति, प्रदेश सरकारका सचिवहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, विद्यार्थीहरु, पत्रकारहरु लगायत खेलप्रेमीहरु सहित करिब ३५०० जनाको सहभागीता रहेको उक्त कार्यक्रमको अन्त्यमा नेपाली सेना र स्थानीय बासिन्दाहरुको सहकार्यमा सांस्कृतिक कार्यक्रम समेत संचालन भएको थियो ।

३. उक्त कार्यक्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले विभिन्न विधाका दौडहरुमा विजयी खेलाडीहरुलाई पदक तथा पुरस्कार वितरण गर्नु भई बधाई ज्ञापन गर्नु भएको थियो । उहाँले यस्ता कार्यक्रमहरुबाट ऐतिहासिक सम्पदाको रुपमा रहेका स्थानहरुको संरक्षण एवं सम्वर्द्धन गर्ने कार्यमा स्थानीय जनसमुदायहरुलाई प्रोत्साहान गर्न, राष्ट्रिय एकताको भावना जगाउन तथा आन्तरिक पर्यटनको विकासमा सहयोग गर्न अति महत्वपूर्ण भुमिका रहने बताउनु हुँदै कार्यक्रम सफलतापूर्वक संचालन गरेकोमा नेपाली सेना तथा श्री मध्य पश्चिम पृतना हे.क्वा.लाई धन्यबाद ज्ञापन समेत गर्नु भएको थियो ।

४. साथै, कार्यक्रमको अन्त्यमा श्री मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी सिताराम खड्काले नेपाली सेनाको गौरवशाली ईतिहाससँग जोडिएको जीतगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्न, नागरिक-सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन एवं राष्ट्रिय एकताको भावना जगाउने उद्देश्यले आयोजना गरिएको "Victory Marathon & Unity Run" लाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न क्षेत्रबाट भएको सहयोगको लागि हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

५. उक्त जीतगढी "Victory Marathon & Unity Run" कार्यक्रममा संचालन भएका विभिन्न विधाका दौड प्रतियोगिताहरुको नतिजा निम्नानुसार रहेको छ ।

(क) १० कि.मि.दौड पुरुष तर्फ:

(१) प्रथम: नेपाली सेनाका शिव रायमाझी (३३:१५:८४) पुरस्कार रु.१५,०००।-

(२) द्वितीय: नेपाली सेनाका श्रीकाश राई (३३:२५:५८) पुरस्कार रु.१०,०००।-

(३) तृतिय: नेपाली सेनाका गणेश सिंह ठकुरी (३३:४४:१८) पुरस्कार रु.५,०००।-

(ख) १० कि.मि.दौड महिला तर्फ:

(१) प्रथम: नेपाली सेनाका सानुमाया कार्की (४०:२२:४८) पुरस्कार रु.१५,०००।-

(२) द्वितीय: नेपाली सेनाका सिता सेन (४२:५३:९०) पुरस्कार रु.१०,०००।-

(३) तृतीय: नेपाली सेनाका सिता चौधरी (४४:३६:९७) पुरस्कार रु.५,०००।-

(ग) २१ कि.मि. (Half Marathon) दौड पुरुष तर्फ:

(१) प्रथम: नेपाली सेनाका गजेन्द्र राई (१:१२:२१:५६) पुरस्कार रु.५०,०००।-

(२) द्वितीय: नेपाली सेनाका रामजी बस्नेत (१:१३:०९:६१) पुरस्कार रु.२५,०००।-

(३) तृतीय: नेपाली सेनाका मिलन कार्की (१:१४:१५:७६) पुरस्कार रु.१५,०००।-

(घ) २१ कि.मि. (Half Marathon) दौड महिला तर्फ:

(१) प्रथम: नेपाली सेनाका विशवरुपा बुढा (१:२६:३३:१४) पुरस्कार रु.५०,०००।-

(२) द्वितीय: नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपाने (१:३०:००:२५) पुरस्कार रु.२५,०००।-

(३) तृतीय: नेपाल प्रहरीका रेखा विष्ट (१:३५:३५:४४) पुरस्कार रु.१५,०००।-

(ङ) ४२.१९५ कि.मि. (Full Marathon) दौड पुरुष तर्फ:

(१) प्रथम: नेपाली सेनाका हरि कुमार रिमाल (२:३१:०२:००) पुरस्कार रु.१,००,०००।-

(२) द्वितीय: नेपाली सेनाका राजन रोकाया (२:३२:२८:००) पुरस्कार रु.५०,०००।-

(३) तृतीय: नेपाली सेनाका कल्याण बानिया (२:३७:०४:००) पुरस्कार रु.२५,०००।-

(च) ४२.१९५ कि.मि. (Full Marathon) दौड महिला तर्फ:

(१) प्रथम: कान्छीमाया कोजु (२:५६:५१:३४) पुरस्कार रु.१,००,०००।-

(२) द्वितीय: नेपाली सेनाका सरिता बासी (३:१२:५७:५५) पुरस्कार रु.५०,०००।-

(३) तृतीय: सशस्त्र प्रहरी बलका कृष्णेश्वरी सिन्तकला (३:३२:१६:५२) पुरस्कार रु.२५,०००।-

६. नेपाली सेनाले आयोजना गर्ने यस प्रकारको राष्ट्रिय स्तरको प्रतियोगिताबाट आम जनमानसमा देशभक्तिको भावनामा वृद्धि भई नेपाल एकिकरणको दौरान वीर पुर्खाहरुले पुर्‍याएको अतुलनीय योगदानको उजागर हुन जाने देखिनुका साथै ऐतिहासिक सम्पदाको रुपमा रहेको गढीहरुको संरक्षण एवं सम्वर्धन तथा 'नेपाल भ्रमण वर्ष २०२०' को कार्यक्रममा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।