प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेशको औपचारिक भ्रमण सम्पन्‍न गरी स्वदेश फिर्ता

१. बंगलादेश सेनाका सेना प्रमुख General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc, G को औपचारिक निमन्त्रणामा मिति २०७६/९/२७ गतेबाट बंगलादेशको भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा चार दिने भ्रमण सम्पन्न गरी आज मिति २०७६/१०/०१ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । उक्त अवसरमा नेपालस्थित बंगलादेशका महामहिम राजदूत, नेपाली सेनाका रथीवृन्द र नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो । उहाँलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

३. भ्रमणको दौरान उहाँले बंगलादेशका महामहिम राष्ट्रपति Mohammad Abdul Hamid, बंगलादेश सेनाका सेना प्रमुख, बंगलादेश सेनाका Chief of Air Staff र Chief of Naval Staff लगायत बंगलादेश सेनाका उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गर्नु भएको थियो । उहाँले भ्रमणको दौरान बंगलादेश सेनाको सैनिक अस्पताल, National Defence College, Defence Services Command & Staff College लगायत विभिन्न सैनिक संरचना तथा ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्नुभएको थियो ।

४. हाल मित्रराष्ट्र बंगलादेशमा संचालन हुने National Defense College, Staff College Course, Junior Staff Course, Unit Command and Staff Course, Young Officers Course, Military Police Advance Course र Global Peace and Security जस्ता तालिमहरुमा नेपाली सेनाका अधिकृतहरु सहभागी हुने गरेका छन् भने नेपालमा संचालन हुने Command & Staff College Course, Mountain Warfare Course, Counter Insurgency and Jungle Warfare Course, Para Basic Course लगायत UN सम्बन्धी तालिमहरुमा बंगलादेशका सैनिक अधिकृतहरु सहभागी हुँदै आएका छन् ।

५. साथै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मिति २०७६/१०/२४ गतेदेखि ऐ.२८ गतेसम्म बंगलादेश सेनाका सेना प्रमुख General Aziz Ahmed ले औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेश सेना बीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी समझदारी, हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।