भारतीय सेनाका प्रतिनिधि मण्डल नेपाल भ्रमणमा

१. नेपालको पाँच दिने सद्भावना भ्रमणको लागि भारतीय सेनाका सैनिक समाचार महानिर्देशक Lt General D. S. Thakur, AVSM को नेतृत्वमा एक प्रतिनिधि मण्डल आज मिति २०६८ श्रावण २४ गते विहान काठामांडौ आईपुगेको छ । २. भ्रमणको दौरान मिति २०६८ श्रावण २५ गते रक्षामन्त्रालयमा माननीय रक्षामन्त्री श्री बिष्णु प्रसाद पौडेल र रक्षा सचिव श्री नविन कुमार घिमिरे तथा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गलाई उहाँहरुकै कार्यकक्षमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । सोही दिन भ्रमणदलले टोखास्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नेछ । ३. यसैगरी, मिति २०६८ श्रावण २६ गते जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालय र मिति २०६८ श्रावण २७ गते अमेलखगञ्जस्थित प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयको निरिक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमणको सिलसिलामा सो दल भारतीय राजदुतावासद्वारा आयोजित विविध कार्यक्रमहरुमा समेत सहभागी हुने कार्यक्रम रहेको छ । ४. Lt General Thakur की धर्मपत्नी Mrs. Rama Thakur, Brigadier Sanal Kumar र Lt Col Naveen Kumar समेत सम्मिलित भ्रमणदल मिति २०६८ श्रावण २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । ५. उक्त भ्रमण दललाई सैनिक विनय महानिर्देशनालयका महानिर्देशक उपरथी श्री रामवहादुर गुरुङ्ग तथा भारतीय राजदूतावासका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नु भएको थियो ।