मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc द्वारा नेपालको औपचारिक भ्रमण सम्बन्धमा

१. प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc मिति २०७६ माघ २४ गते नेपाल आइपुग्नु भएको छ ।

२. भ्रमणको क्रममा General Aziz Ahmed ले आज मिति २०७६ माघ २५ गते टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नु भएको थियो । साथै उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणको दौरान पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा. मा पुग्नु भएका बंगलादेशी सेना प्रमुख General Aziz Ahmed मिति २०७६ माघ २६ गते काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ । पाँच दिने औपचारिक भ्रमण पुरा गरी उहाँ मिति २०७६ माघ २८ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

३. नेपाल र मित्रराष्ट्र बंगलादेश बीचको सम्बन्ध विगतदेखि नै निकट र प्रगाढ रही आएको छ । उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेना बीच रहँदै आएको सम्बन्धले थप उचाई लिने विश्वास नेपाली सेनाले लिएको छ ।