नेपाली सेनाको भ्रमणदल चीनको भ्रमण पुरा गरी स्वदेश फिर्ता

१. मित्रराष्ट्र चीनको चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री दमन बहादुर घलेको नेतृत्वको सात सदस्यीय भ्रमण दल आज मिति २०६८ श्रावण २४ गते स्वदेश फिर्ता भएको छ । २. पाँच दिने सद्भावना भ्रणणको क्रममा उक्त दलले ल्हासास्थित Tibet Military Command र चेण्डुस्थित Changdu Military Command को अवलोकन गर्नुका साथै चिनीया जनमुक्ति सेनाका उच्च पदस्थ सैनिक अधिकारीहरुसंग भेटघाट गरी आज विहान उक्त भ्रमण टोली स्वदेश फिर्ता भएको हो । ३. सो भ्रमणदललाई नेपालस्थित चिनीया सैनिक सहचारी Senior Colonel Cheng Xizhong र नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नु भएको थियो ।