मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Gen द्वारा नेपालको औपचारिक भ्रमण

१. मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Gen मिति २०७६ फाल्गुन ३ गते नेपालको औपचारिक भ्रमणको सिलसिलामा काठमाण्डौ आइपुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गर्नु भएको थियो ।

२. सातदिने भ्रमणको क्रममा General Sir Mark Carleton-Smith KCB CBE ADC Gen ले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । साथै उहाँले मिति २०७६ फाल्गुन ४ गते टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नुहुने तथा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । भ्रमणको दौरान उहाँले पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा., पाँचखालस्थित नेपाली सेनाको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ । सात दिने औपचारिक भ्रमण पुरा गरी उहाँ मिति २०७६ फाल्गुन ९ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

३. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।