भारतीय सेनाका प्रतिनिधि मण्डल स्वदेश फिर्ता

१. नेपालको पाँच दिने सदभावना भ्रमणमा आउनु भएका भारतीय सेनाका सैनिक समाचार महानिर्देशक Lt General D. S. Thakur, AVSM को प्रतिनिधि मण्डल आज मिति २०६८ श्रावण २८ गते विहान स्वदेश फिर्ता भएको छ । २. पाँच दिने भ्रमणको क्रममा उक्त प्रतिनिधि मण्डलले माननिय रक्षामन्त्री श्री विष्णु प्रसाद पौडेल र रक्षा सचिव श्री नविन कुमार घिमिरे तथा प्रधानसेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गलाई उहाँहरुकै कार्यकक्षमा सर्हाद पूर्ण भेटघाट गरेको थियो । साथै, उक्त प्रतिनिधि मण्डलले नेपाली सेनाको टोखास्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज, अमलेखगञ्जस्थित प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको निरिक्षण भ्रमण र भारतीय राजदुतावासबाट आयोजना गरिएका विविध कार्यक्रममा पनि सरिक भएको थियो । 3. उक्त प्रतिनिधि मण्डललाई सैनिक विनय महानिर्देशक उपरथी श्री राम बहादुर गुरुङ्गले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा बिदाई गर्नु भएको थियो । सो अवसरमा भारतीय दुतावासका पदाधिकारीहरु तथा नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।