मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Gen द्वारा नेपालको औपचारिक भ्रमण सम्बन्धमा

१. मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Gen नेपालको औपचारिक भ्रमणको सिलसिलामा मिति २०७६ फाल्गुन ३ गते नेपाल आइपुग्नु भएको छ ।

२. भ्रमणको क्रममा General Sir Mark Carleton-Smith KCB CBE ADC Gen ले आज मिति २०७६ फाल्गुन ४ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उहाँले आजै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नु भएको थियो । साथै उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणको दौरान उहाँले पाँचखालस्थित नेपाली सेनाको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्नु भएको छ । सात दिने औपचारिक भ्रमण पुरा गरी उहाँ मिति २०७६ फाल्गुन ९ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

३. नेपाल र मित्रराष्ट्र बेलायत बीच सदीऔं देखि नै सुमधुर सम्बन्ध रही आएको छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।