मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Gen द्वारा नेपालको औपचारिक भ्रमण सम्पन्‍न

१. मिति २०७६ फाल्गुन ३ गते नेपालको सात दिने औपचारिक भ्रमणको लागी नेपाल आउनु भएका मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Gen द्वारा भ्रमण सम्पन्‍न गरी मिति २०७६ फाल्गुन ९ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी गौरव तण्डुलले बिदाई गर्नु भएको थियो ।

२. नेपाल भ्रमणको दौरान उहाँले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो । उहाँले पाँचखालस्थित नेपाली सेनाको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको तथा केही पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु भएको थियो । उहाँको उपस्थितीमा मिति २०७६ फाल्गुन ९ गते काठमाडौंस्थित बसन्तपुर दरबार स्क्वायरमा नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज्, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाण्डौ जिल्लाका स्थानीय संस्कृति झल्कने संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन-२०७६ को समेत आयोजना भएको थियो ।

३. नेपाल र मित्रराष्ट्र बेलायत बीच सदीऔं देखि नै सुमधुर सम्बन्ध रही आएको छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास विश्वास नेपाली सेनाले लिएको छ ।