१. प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मिति २०७६ फाल्गुन १४ गते कास्की जिल्लाको पोखरामा बहालवाला तथा भु.पू.सैनिक र आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमता युक्त सैनिक अस्पतालको उद्घाटन गर्नु भएको छ ।
२. मिति २०७४ मंसिर १५ गतेबाट निर्माण शुरु भई २०७५ पौष १५ गते निर्माण सम्पन्न भएको उक्त सैनिक अस्पताल आज मिति २०७६ फाल्गुन १४ गतेबाट संचालनमा आएको हो । उक्त अस्पतालमा जनरल ओ.पि.डि., मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि., गाईनो, फार्मेसी, रेडियोलोजी र माइनर ओ.टी. लगायतका सेवाहरु संचालन गरिएको छ ।
३. उक्त उद्घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।