नेपाली सेनाद्धारा सैनिक गानका श्रष्टाहरु सम्मानित

१. आज मिति २०६८ भाद्र २ गते सांझ सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालज्यूको प्रमुख आतिथ्यमा जंगी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहमा नेपाली सेनाको सैनिक गानका श्रष्टाहरुलाई सम्मान गरिएको छ । २. नेपाली सेनाको सैनिक गान “रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो” का श्रष्टाहरुलाई सम्मान गर्ने नेपाल सरकारको निर्णय बमोजिम सो कार्यक्रमको आयोजना गरिएको हो । सो समारोहमा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री खनालले उक्त गानका रचनाकार स्वर्गीय श्री गोपाल प्रसाद रिमालकी धर्मपत्नी श्रीमती हरिदेवी रिमाललाई दोसल्ला ओढाई तथा मानार्थ महासेनानीको दज्र्यानी चिन्ह सहितको सैनिक पोशाक र कदर पत्र प्रदान गर्नु भएको थियो । साथै उक्त सैनिक गानका संगितकार तथा गायक श्री अम्बर गुरुङ्गलाई मानार्थ महासेनानीको दज्र्यानी चिन्ह्, टोपी र कदर पत्र तथा सह–गायक श्री फत्तेमान राजभण्डारीलाई सम्मान स्वरुप राष्ट्रिय पोशाक तथा कोट र कदर पत्र प्रदान गर्नुभएको थियो । ३. यसैगरी, उक्त समारोहमा प्रधानसेनापती महारथी श्री छत्र मान सिहं गुरुङ्गले सैनिक गानका श्रष्टाहरु स्व. श्री गोपाल प्रसाद रिमालकी धर्मपत्नी श्रीमती रिमाल तथा संगितकार श्री गुरुङ्गलाई रु. २÷२ लाख र सह–गायक श्री राजभण्डारीलाई रु. १ लाख नगद प्रदान गर्नु भएको थियो । ४. समारोहलाई सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री श्री खनालले सैनिक गानको महत्वलाई झल्काउनु हुंदै हाम्रा पितापूर्खाले जोगाएर राखेको चन्द्र र सूर्य अंकीत राष्ट्रिय झण्डाको महिमा गानलाई नेपाली सेनाले सैनिक गानका रुपमा छनौंट गर्ने निर्णय एउटा विवेकपूर्ण र सच्चा निर्णय भएको भन्नुहुंदै नेपालको सैनिक गानको रुपमा छनौट भएको यस गीतले हामी नेपालीहरुलाई हाम्रो ईतिहास प्रति गर्व गर्न, हाम्रो वर्तमानलाई सहि ढंगले व्यवस्थापन गर्न र हाम्रो भविष्यलाई सुन्दर, समुन्नत तुल्याउन प्रेरणा प्रदान गरोस् भन्ने कामना सहित यसका सर्जकहरुप्रति साधुबाद व्यक्त गर्नुभयो । ५. सो समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुंदै प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले गीत संगीतको क्षेत्रबाट राष्ट्रप्रेमको भाव फैलाउदै नेपाली स्वाभिमानको प्रतिक चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डाको महिमा गानमार्फत राष्ट्रिय एकताको भावना बढाउन योगदान पु¥याउने सर्जकहरुको सम्मानमा अपूर्व र ऐतिहासिक कार्यक्रम आयोजना गर्न पाउँदा नेपाली सेना गौरवान्वित भएको कुरा व्यक्त गर्नुभयो । ६. सम्मान समारोहमा माननीय रक्षामन्त्री, नेपाल सरकारका मुख्य सचिव, नेपाल सरकारका उच्च निजामति पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, सांगीतिक तथा साहित्यिक क्षेत्रका बरिष्ठ व्यक्तित्वहरु र नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।